०९ साउन २०८३, शनिबार

देश नयाँ युगमा प्रवेश गरिसक्यो : मुख्यमन्त्री राई

फागुन १४, २०७६
देश नयाँ युगमा प्रवेश गरिसक्यो : मुख्यमन्त्री राई
फाइल तस्वीर

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देश नयाँ युगमा प्रवेश गरिसकेको बताएका छन् । 

खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले आयोजना गरेको ‘प्रथम बहानेपोखरी महोत्सव २०७६’को उद्घाटन कार्यक्रममा मंगलवार उनले यो युग हाम्रो युग भएको बताएका हुन् । 

हेलिकोप्टरमार्फत खोटाङ आएका मुख्यमन्त्री राईले देशमा पहिलोपटक स्थिर र बलियो सरकार बनेको बताए । 'यो युग शान्ति, विकास, समृद्धि, सुशासन र राजनीनिक स्थायित्वको युग हो,' उनले भने । 

देशमा छ महिनामा सरकार ढल्ने युग समाप्त भइसकेकाले दिगो विकासमा सबै एकजुट हुनुपर्ने अवस्था आएको उनको भनाइ थियो । 'विगतमा एउटा सरकार ढालेर फेरि नौ महिनापछि अर्को बनाउनुपर्ने अवस्था थियो,' उनले भने, 'सरकार ढाल्ने र बनाउने परिपाटीलाई हामीले समाप्त गरिसक्यौं । अब देशको दिगो विकास सरकारको एक मात्र कार्यसूची हुनेछ ।'

प्रदेश नं १ पर्यटकीय क्षेत्रको अथाह सम्भावना बोकेको प्रदेश भएकाले आआफ्नो क्षेत्रबाट धेरैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गतिविधि गर्न स्थानीय तहका जनप्रतिनिधिलाई उनले आग्रह गरे । 'आफ्नो क्षेत्रमा भएको कृषि तथा पर्यटनको प्रवर्द्धनमा लाग्नुहोस्,' उनले भने, 'कृषि तथा पर्यटन नै प्रदेश नं १ को समग्र विकासको प्रमुख आधार हो ।'

फागुन १३, १४ र १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा सांसद विशाल भट्टराई, दिक्तेल रुपाकोट मभुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल, छिमेकी स्थानीय तहका जनप्रतिनिधि तथा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले शुभकामना दिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्