२८ असार २०८३, आइतबार

दक्षिण कोरियामा तीव्र गतिमा फैलिँदै कोरोनाभाइरस, १२ जनाको मृत्यु

फागुन १४, २०७६
दक्षिण कोरियामा तीव्र गतिमा फैलिँदै कोरोनाभाइरस, १२ जनाको मृत्यु

दक्षिण कोरियामा कोविड–१९ भनिने कोरोनाभाइरसले १२ जनाको ज्यान लिइसकेको छ । बुधवार मात्र १६९ वटा नयाँ केस आएका छन् । कुल संक्रमितको संख्या ११ सय ४६ पुगेको छ । 

दक्षिणपूर्वी शहर दाएगुमा एक धार्मिक समूहका ७३ वर्षीय पुरुषको भाइरसका कारण मृत्यु भएको नगर सरकारले जनाएको छ । 

ती व्यक्तिलाई मधुमेह र उच्च रक्तचापको समस्या छ र उनलाई आइतवार अस्पतालमा भर्ना गरिएको थियो । 

शिनचेओन्जी चर्च अफ जिसस नामक धार्मिक समूहका दुई लाख १० हजार सदस्य देशभरि फैलिएका छन् । उक्त चर्चका सदस्यलाई सबभन्दा बढी संक्रमण भएको छ । देशमा पुष्टि भएका संक्रमणमध्ये आधा त यिनै सदस्य छन् । 

यो भाइरसको संक्रमण अघिल्ला भाइरसहरूभन्दा तीव्र गतिमा हुने गरेको देखिएको एक स्वास्थ्य अधिकारीले बताए । 

केन्द्रीय विपत्ति राहत मुख्यालयका उपाध्यक्ष किम गाङ–लिपले थप चिकित्सकहरू दाएगु पठाइएको बताए । अहिलेसम्म २०५ जना चिकित्सक र नर्सहरूले दाएगुमा काम गर्ने इच्छा व्यक्त गरेका छन् । 

दाएगुमा कोरोनाभाइरसका ८४ प्रतिशत केस शिनचेओन्जीका सदस्यमा देखिएको शहरका मेयरले जानकारी दिएका छन् । 

अहिले शहरमा सबै शिशु स्याहार केन्द्रहरू फागुन २५ गतेसम्मका लागि बन्द गरिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्