१९ असार २०८३, शुक्रबार

बालाकोट हवाई आक्रमणको एक वर्ष, पाकिस्तानको फरक दृष्टिकोण

फागुन १४, २०७६
बालाकोट हवाई आक्रमणको एक वर्ष, पाकिस्तानको फरक दृष्टिकोण

पाकिस्तानको खैबर पख्तुनख्वामा रहेको बालाकोट क्याम्पमा सन् २०१९ को फेब्रुअरी २६ मा भारतीय वायुसेनाले हवाई आक्रमण गरेको एक वर्ष पुगेको छ । 

घटनामा अनेकौं आतंकवादीहरू मारिएको भारतको दाबी छ । तर पाकिस्तानले यसलाई अर्कै तरिकाले प्रस्तुत गरिरहेको छ । 

पाकिस्तानी मिडियाको एक समाचारमा उल्लेख भएअनुसार, पोहोर साल पाकिस्तानी वायुसेनाले भारतको मिग–२१ विमानलाई खसाएको घटनालाई पाकिस्तानी वायुसेनाले याद गरिरहेको छ । 

रिपोर्टमा उल्लेख गरिएको छ, ‘पाकिस्तानी वायुसेनाको मुख्यालयमा भारतीय विमानका टुक्रा र विमानबाट प्रहार गर्न नसकिएका चार क्षेप्यास्त्रका टुक्राको प्रदर्शनी राखिएको छ ।’

भारतको लडाकू विमानले पाकिस्तानी विमानलाई खसाएको दाबी गलत भएको प्रमाण नै मिसाइलका टुक्रा हुन् भनी रिपोर्टमा दाबी गरिएको छ । 

यस घटनाको एक गीत पनि पाकिस्तानी वायुसेनाले सार्वजनिक गरेको छ । 

भारत चाहिँ पाकिस्तान समर्थित आतंकवादीहरूले पुलवामामा भारतीय जवानहरूमाथि भएको आक्रमणपछि भारतीय वायुसेनाले पाकिस्तानको बालाकोटमा आक्रमण गरेर अनेकौं आतंकवादीहरूलाई मारेको दाबी गर्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्