१३ असार २०८३, शनिबार

सिउँडीबाट बनाइयो छाला, जनावरको हत्या कम हुने अपेक्षा

फागुन १४, २०७६
सिउँडीबाट बनाइयो छाला, जनावरको हत्या कम हुने अपेक्षा

जनावरहरूलाई छालाका लागि मानिसले निर्ममतापूर्वक हत्या गर्ने गरेका छन् । जनावरको छालाबाट सामानहरू बनाउन धेरैथरी ऊर्जा र रसायनहरू पनि उपयोग गरिने गरेका छन् । 

मेक्सिकोका दुई उद्यमीहरूले जनावरहरूमाथिको क्रूरता कम गर्नका लागि नयाँ तरिका अघि सारेका छन् । 

मेक्सिकोको कम्पनी एड्रियानो डी मार्टीका मालिक एड्रियन लोपेज भेलार्दे र मार्ते काजारेजले क्याक्टस अर्थात् सिउँडीको पातबाट छाला बनाएका छन् । यसलाई डिजर्टो नाम दिइएको छ । 

छालाजन्य वस्तु बनाउँदा पानी, माटो र हावा दूषित हुन्छ र रोगहरू जन्माउँछ । अनि जनावरको छालाबाट बनेका पदार्थ नवीकरणीय पनि हुँदैनन् । 

पर्यावरणलाई पुग्ने हानिलाई मद्देनजर गर्दै अर्गानिक लेदर सिउँडीबाट बनाइएको हो । यो बनाउँदा विषालु रसायनको उपयाृग गरिँदैन । 

यो छाला पशुको छाला जस्तै देखिन्छ र यो कम्तीमा १० वर्षसम्म चल्छ । 

सिउँडीबाट बनेको छाला फर्निचर, अटोमोबाइल र घर जिाउन उपयोग गरिन्छ । यसले स्टाइलका साथै स्वास्थ्यलाई पनि राम्रो बनाउँछ । 
 

कमेन्ट गर्नुहोस्