१४ असार २०८३, आइतबार

लागुऔषध सेवन गरेर सवारी चलाउने दुई चालक पक्राउ

असार १३, २०८३
सिन्धुपाल्चोक
लागुऔषध सेवन गरेर सवारी चलाउने दुई चालक पक्राउ

सिन्धुपाल्चोकमा लागुऔषध सेवन गरी सार्वजनिक सवारीसाधन चलाएको आरोपमा दुई जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोक र इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको संयुक्त टोलीले बाह्रबिसे नगरपालिका– ३ खुर्सानबारीस्थित अरनिको राजमार्गबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

बाह्रबिसे गाउँपालिका– ६ निवासी २४ वर्षीय युवराज सेवा र भोटेकोशी गाउँपालिका–१ निवासी ३४ वर्षीय भगवान कार्कीले लागुऔषध सेवन गरी सवारी चलाएको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध सेवनसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ।

salt training

कमेन्ट गर्नुहोस्