०६ साउन २०८३, बुधबार

राजस्थानमा बस नदीमा खस्दा २५ जनाको मृत्यु

फागुन १४, २०७६
राजस्थानमा बस नदीमा खस्दा २५ जनाको मृत्यु

भारतको राजस्थानमा जन्ती लिएर गएको एक निजी बस बुन्दी जिल्लामा रहेको एक नदीमा खस्दा कम्तीमा २५ जनाको मृत्यु भएको छ भने तीन अन्य घाइते भएका छन् । 

बुधवार बिहान दुर्घटना भएको हो । बसमा कुल २८ जना थिए र त्यो कोटाबाट सवाई माधोपुर गइरहेको थियो । त्यतिखेरै बस चालकले नदीमाथि बसमा नियन्त्रण गुमाउन पुगेका थिए । 

त्यसपछि बस मेज नदीमा खस्यो । 

१५ जनाको मृत्यु घटनास्थलमै भयो भने अन्य १० जना अस्पताल लगिँदै गर्दा बिते । 
 

कमेन्ट गर्नुहोस्