२६ असार २०८३, शुक्रबार

महिला कसरी गर्भवती हुन्छन् भन्ने विषयमा इन्डोनेसियाकी अधिकारीले दिइन् अनौठो बयान

फागुन १४, २०७६
महिला कसरी गर्भवती हुन्छन् भन्ने विषयमा इन्डोनेसियाकी अधिकारीले दिइन् अनौठो बयान

इन्डोनिसियाकी स्वास्थ्य अधिकारी सिट्टी हिक्मावट्टीले महिला कसरी गर्भवती हुन्छिन् भन्ने विषयमा अनौठो बयान दिएकी छन् । 

बलियो वीर्य भएका पुरुषले स्विमिङ पूलमा वीर्यपात गरेमा पूलमा पौडी खेल्ने महिलाहरू गर्भवती हुने र प्रजननका लागि पुरुषको लिंगप्रवेश नै आवश्यक नहुने उनले दाबी गरिन् । 

ट्रिबुन जकार्तासँगको अन्तर्वार्तामा उनले यस्तो अनौठो दाबी गरेकी हुन् । 

हिक्मावट्टीको अर्थ हुन्छ विवेक । उनले थरअनुसारको विवेकी टिप्पणी नगरेको भनी सामाजिक सञ्जालमा आलोचना भएपछि माफी मागेकी छन् र यो आफ्नो निजी धारणा भएको बताएकी छन् । 

इन्डोनेसियाका चिकित्सकहरूले यस्तो तरिकाले महिला गर्भवती हुन असम्भव रहेको बताएका छन् । 

अन्तर्वार्तामा उनले भनिन्, ‘यौन सक्रियताको चरणमा पुगेकी महिला यसरी गर्भवती हुन सक्छिन् । स्विमिङ पूलमा महिलालाई देख्दा पुरुषहरूले कस्तो प्रतिक्रिया दिन्छन् भन्ने कुरा कसैलाई पनि थाहा हुँदैन ।’

इन्डोनेसियन डक्टर्स एसोसिएसनले जकार्ता पोस्टसँग कुरा गर्दै महिलाहरू स्विमिङ पूलको पानीमा नुहाउँदैमा गर्भवती नहुने बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्