२७ असार २०८३, शनिबार

डा. मित्रबन्धु पौडेलको पुस्तक लोकार्पण

असार २६, २०८३
ललितपुर
डा. मित्रबन्धु पौडेलको पुस्तक लोकार्पण

लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टका प्रिन्सिपल डा. मित्रबन्धु पौडेलद्वारा लिखित ‘Emotional Intelligence: Perspective on Faculty Retention’ इमोसनल इन्टेलिजेन्सः फ्याकल्टी रिटेन्सनसम्बन्धी दृष्टिकोण पुस्तकको लोकार्पण गरिएको छ।​​

बिहीबार ललितपुरस्थित एलए स्कूल प्रिमाइस हलमा आयोजित कार्यक्रमबीच पुस्तक लोकार्पण गरिएको हो ।

कार्यक्रममा एलए एजुकेसन ग्रुपका संस्थापक उमेश श्रेष्ठ, पेन इन्टरनेशनल नेपाल च्याप्टरका अध्यक्ष भीष्म उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको प्रारम्भमा एलएका फाइनान्स हेड राजेश श्रेष्ठले स्वागत मन्तव्य राख्दै अनुसन्धानमुखी शैक्षिक प्रकाशनले नेपालको उच्च शिक्षामा नयाँ बहस सिर्जना गर्ने विश्वास व्यक्त गरे। कार्यक्रममा पूर्व प्लेफ्टिनेन्ट जनरल, अवकाशप्राप्त) पी.बी. लिम्बु विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

पुस्तकमाथिको समीक्षा पत्रकार तथा अध्येता सुजना घिमिरेबाट शुरू भएको थियो। 

उनले पुस्तकले भावनात्मक बौद्धिकताको महत्वलाई उच्च शिक्षा व्यवस्थापनसँग जोड्दै समसामयिक बहस अघि सारेको बताइन्।

काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टकी एसोसिएट डिन एसोसिएट प्रोफेसर डा. रोशी लामिछानेले भावनात्मक बौद्धिकता आजको नेतृत्व विकासको अपरिहार्य आधार बनेको उल्लेख गरिन्।

अन्त्यमा काठमाडौं विश्वविद्यालयका पूर्व परीक्षा नियन्त्रक तथा पूर्व डिन प्रोफेसर डा. पन्ना थापाले पुस्तकले अनुसन्धान, सिद्धान्त र व्यवहारलाई प्रभावकारी रूपमा जोडेको भन्दै यसलाई उच्च शिक्षाका नेतृत्वकर्ताका लागि महत्वपूर्ण सन्दर्भ सामग्रीको रूपमा व्याख्या गरे।

लेखक डा. मित्रबन्धु पौडेलले आफ्नो लेखन यात्रा केही साझा गरे । आफ्नो लेखन यात्राबारे अनुभव सुनाउँदै भावनात्मक बौद्धिकतालाई गहिरो रूपमा बुझ्ने उद्देश्यले पुस्तक तयार पारेको बताए।

salt training

कमेन्ट गर्नुहोस्