०२ साउन २०८३, शनिबार

आत्मदाह गरेका गणेश नेपालीको शव शिक्षण अस्पतालमा

असार २७, २०८३
काठमाडौं
आत्मदाह गरेका गणेश नेपालीको शव शिक्षण अस्पतालमा

आत्मदाहपछि उपचारका क्रममा मृत्यु भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ।

शुक्रबार वीर अस्पतालमा मृत्यु भएका नेपालीको शव राति करिब १० बजे शिक्षण अस्पताल पठाइएको हो। वीर अस्पतालमा शव सुरक्षित राख्ने मर्चरी चेम्बर (कोल्ड स्टोरेज) नभएकाले शव शिक्षण अस्पताल सारिएको वीर अस्पतालका सूचना अधिकारी प्रकाश बुढाथोकीले जानकारी दिए।

सरकार र मृतकका आफन्तबीच सहमति हुन नसकेकाले परिवारले शव अझै बुझिसकेको छैन। शुक्रबार दुवै पक्षबीच अनौपचारिक वार्ता भए पनि निष्कर्ष ननिस्किएको र शनिबार पुनः छलफल गर्ने तयारी रहेको जनाइएको छ।

काठमाडौं महानगर प्रहरीसँगको विवादपछि बिहीबार आत्मदाह गरेका नेपालीको उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो। उक्त घटनापछि सरकारको आलोचना भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्