२५ असार २०८३, बिहीबार

विमानमा चुरोट पिउन नदिएपछि यात्रुले दिइन् सबैलाई मारिदिने धम्की

फागुन १४, २०७६
विमानमा चुरोट पिउन नदिएपछि यात्रुले दिइन् सबैलाई मारिदिने धम्की

जर्मनीको फ्य्रांकफर्ट विमानस्थलबाट युनाइटेड एयरलाइन्सको विमानमा भर्जिनियास्थित डल्लेस अन्तर्राष्ट्रिय विमानस्थल गइरहेकी एक महिला यात्रुले विमानमा भएका सबैलाई चक्कु हानेर मारिदिने धम्की दिएकी छन् । उनले एयर मार्शल र विमान कर्मचारीसँग पनि झगडा गरेकी छन् । 

दाना गाजी मुस्तफा नामक ती महिलाले शनिवार विमानमा ताण्डव मच्चाएकी हुन् । 

ती २७ वर्षीया महिलालाई विमानको बाथरूममा लाइटर लिएर गएको अनि स्मोक अलार्मलाई निभाएको एक एयर मार्शलले देखे । 

मार्शलले उनलाई रोक्न खोज्दा महिलाले उनीमाथि आक्रमण गरेकी थिइन् । 

त्यसअघि विमान कर्मचारीहरूले शौचालय बाहिर स्मोक टिटेक्टर निभाइएको संकेत पाए अनि मुस्तफालाई भित्र देखे । 

उनलाई उडानका बेलामा चुरोट पिउन नपाइने कुरा बताउँदै सीटमा फर्किन भनियो । सीटमा फर्केपछि मुस्तफाले छटपट गरिन् अनि फेरि शौचालय जान खोजिन् । 

पछि उनी चिच्याउन थालिन् र विमान कर्मचारीहरूलाई परिवार हेर्न घर जान लागेको र परिवारका मानिसको गाडी दुर्घटनामा मृत्यु भएको बताइन् । 

उनलाई शान्त बनाउन अर्को सीटमा राखिएको थियो । 

अर्को सीटमा उनले सीटको टीभी मोनिटरमा हिर्काइन् र सिक्का फ्याँकिन् । 

पछि उनी उठिन् र विमानको पछिल्तिरको भागमा गएर लाइटर बालिन् । 

उनको लाइटर देखेका एक एयर मार्शलले उनमा रक्सीको गन्ध सुँघेको बताए । 

लाइटर लिएर शौचालय जान खोज्ने मुस्तफालाई दुईजना एयर मार्शलले रोक्न खोजेका थिए तर उनले एकजनालाई घुँडामा हिर्काइन् । 

विमान भर्जिनियामा ओर्लिएपछि एफबीआई एजेन्टहरूले मुस्तफालाई पक्राउ गरे । परिवारको दुर्घटनाको कथा झूटो भएको उनले स्वीकारिन् । 

नर्थ क्यारोलाइनामा बस्ने मुस्तफालाई संघीय अधिकारीमाथि आक्रमण गरेको आरोप छ । दोषी ठहर भएमा उनले आठ वर्ष कारावासमा बस्नुपर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्