भोपाल, ६ पुस– बलिउड अभिनेता सैफअली खान भोपाल राज्यको पूर्व राजघरानिया हुन । सैफ र करीनाको छोरा ‘तैमूर’ जन्मिँदै ८ खर्ब सम्पतिका मालिक बनेका छन् । भोपाल राज्यको विरासतका रुपमा तैमूरलाई लिइएको छ ।
नवाब हमिदुल्लाह खानको मृत्युपश्चात भारत सरकारले सन १९६१ मा साजिदा सुल्तानलाई भोपालको बेगमको रुपमा स्वीकार गरेको थियो ।
बेगम साजिदाको विवाह सन १९३९मा नवाब इफ्तिखार अली खानसँग भएको थियो जो पटौदीका नवाब थिए । भोपाल राज्यको उक्त राजमहल एक हजार एकड जमिनमा फैलिएको छ । त्यहाँ एक फ्लग स्टाफ हाउस पनि छ । फ्लैग स्टाफ हाउस पहिले अहमदाबाद राज्यको भागमा थियो ।
पटौदी खानदानका एक व्यक्तिका अनुसार पछिल्लो केही बर्ष देखि पटौदी परिवार भोपालको भव्य महलमा बस्दै आएका छन् । करीनाले सैफसँगको बिहेपछि उक्त फ्लैग स्टाफ हाउसको बिक्री गर्न रोक लगाएकी थिइन् । करीनाका छोरा तैमूर भोपाल राज्यको महलको उत्तराधिकारीको रुपमा आउँदैछन् ।
पटौदी परिवार डेढ खर्ब बराबरको औकाफ–ए–शाही महलको पनि संरक्षक हो । औकाफ–ए–शाही महलभित्रै मक्का र मदीनाको गेस्ट हाउस पनि छ ।
एजेन्सी