×

NMB BANK
NIC ASIA

इञ्जिनीयर बन्न काठमाडौं आएका हिमेश कसरी बने कमेडियन ?

फागुन १७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालको पहिलो हाँस्य रियालिटी शो 'कमेडी च्याम्पियन'ले उत्कृष्ट तीन कमेडियन पाइसकेको छ । तीनै मध्येका एक हुन्- हिमेश पन्त ।

Sagarmatha Cement
Muktinath Bank

लोजिकल कमेडियनको रूपमा चिनिएका धादिङ जुँगेखोलाका हिमेश पन्त बिहीवार साँझ निकै व्यस्त देखिन्थे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कलंकीस्थित ह्वाइट र्‍याबिट रेष्टुरेन्टमा भेटिएका उनमा चुनावलाई चुनावले छोएको प्रष्टै देखिन्थ्यो । शीर्ष तीनमा पुगेका हिमेश पन्त, सुमन कोइराला र खड्गबहादुर पुनमध्येबाट सर्वाधिक भोट प्राप्त गर्ने एक जना नेपालको पहिलो कमेडी च्याम्पियन बन्नेछन् । त्यसैले हिमेश पनि अहिले चुनावी दौडधुपमा छन् । उनले यतिबेला बधाईसँगै सक्दो भोट हाल्ने वाचा समेत पाइरहेका छन् । त्यो उनको तारन्तार आइरहेको फोनबाट थाहा लाग्थ्यो ।


Advertisment
Nabil box
Kumari

कमेडीमा कसरी?

Vianet communication
Laxmi Bank

हिमेश रातारात कमेडियन भएका होइनन् । न उनलाई कसैले हाँस्यरसका ज्ञान एकाएक भरिदिए । उनी साधना र निरन्तर संघर्षका कारण 'लोजिकल कमेडियन' भएका हुन् । त्यो उनको कमेडी यात्राले बताउँछ । पढ्नमा उनी तिक्ष्ण थिए । त्यसैले सोचेका थिए- एसएलसीमा डिस्टिङ्सन आयो भने साइन्स पढ्न काठमाडौं जान्छु । नत्र यतै ।

नभन्दै उनले भनेजस्तै भयो । गरेको मेहनत खेर गएन । उनले एसएलसीमा डिस्टिङ्सन नै ल्याए, स्कूल टपे । अनि विज्ञान पढ्न काठमाडौं हानिए ।

विज्ञाननै किन भन्ने लोकान्तरको प्रश्नमा उनले भने, 'मेरो सोच इञ्जिनीयर बन्ने थियो । त्यही भएर प्लस टू मा विज्ञान पढेँ ।'

 इञ्जिनीयरिङका लागि इन्ट्रान्स दिए । तर उनकै कमेडी भाषामा भन्ने हो भने 'निकै माथि' नाम निस्कियो । उनले पैसा तिरेर पढ्नुपर्ने भयो । स्कलरसिप पाएनन् । अनि उनले पैसा तिरेर इञ्जिनीयरिङ पढेनन् ।

प्लस टू पढ्दापढ्दै उनलाई कमेडीले तानिसकेको थियो । हिमेशले स्ट्याण्ड अप कमेडी हेर्न थालिसकेका थिए, त्यो पनि हलिउडको ।

केभिन हार्टको म अहिले पनि ठूलो फ्यान हुँ । उसको इनर्जी र कन्फिडेन्स एकदमै बबाल छ,' उनले भने, 'उसको इनर्जी फ्लोबाट म इस्पायर भएको हुँ ।'

केभिनको भिडियो हेर्दाहेर्दै उनलाई पनि अब म पनि स्ट्याण्ड अप कमेडी गर्छु भन्ने लागिसकेको थियो रे ! तर इञ्जिनीयरिङमा नाम ननिस्कनु नै उनको कमेडी यात्राका लागि सहज बन्यो । किनकि उनले बीएस्सीमा केमेस्ट्री पढे । कारण थियो- इञ्जिनीयरिङमा जस्तो मेहनत नि गर्नुपर्दैन, अनि कमेडी भिडियो बनाउन पाइन्छ ।

स्ट्यान्डअप कमेडी गर्ने सोच त बनाए उनले । तर अहिले जस्तो प्लेटफर्म थिएन । न कमेडी सर्कल थियो न नेप्स ग्याजम नै । त्योबेला उनले योजना बनाएका थिए, 'कमेडी गर्ने प्लाटफर्म नेपालमा छैन । मै शुरू गर्छु ।'

अनि उनले यूट्युबमार्फत कमेडी शुरू पनि गरे । कमेडी च्यानलबाट नभई अरू नै च्यानलबाट गरे । सफल भएनन् । राम्रो भ्यूज आएन । अरूअरू विषयवस्तुका भिडियो हालेको च्यानलमा कमेडीका चलेन ।

तर पछि स्यान्डअप कमेडीकै एउटा छुट्टै च्यानल 'कमेडी सर्कल' आयो ।

उनी त्यहाँ गए । उनकै भाषामा भन्ने हो भने त्यहाँ अडिसनजस्तै लिइयो । 'मेरो कन्फिडेन्स देखेर म सेलेक्ट भएँ । मैले त्यो च्यानलमार्फत कमेडी भिडियो बनाउन पाउने भएँ,' उनले कमेडीका शुरूआती दिन सम्झिए, 'मैले केपी ओलीको भ्वाइसमा अंग्रेजी बोलेँ, कमेडी हानेँ । यो सब इम्प्रेस पार्नका लागि थियो ।' पछि उनलाई कमेडी सर्कलबाट फोन आयो- तपाईं सेलेक्ट हुनुभयो । हामीलाई तपाईंको कन्फिडेन्स दामी लाग्यो । अनि उनको कमेडी यात्रा बुलेट ट्रेनको गतिमा अघि बढ्यो ।

तर कमेडी सर्कलमा भिडियो आउने भएपछि अन्त स्यान्डअप कमेडी नगर्ने भन्ने सामान्य नियम थियो । त्यसैले उनी आफैंले 'हिमेश पन्त' नामको यूट्युब च्यानल खोले र सिट डाउन कमेडी गर्न थाले ।

कमेडी च्याम्पियनको यात्रा

कमेडीमा संघर्ष गर्नेहरूका लागि कमेडी च्याम्पियन 'ठूलो प्लेटफर्म' हो । यो हिमेशलाई पनि लाग्यो । यो रियालिटी शो आउँदैछ भन्ने उनले थाहा पाए । उनी कमेडी सर्कलमार्फत चिनिइसकेका थिए । जसबाट उनको फ्यान फलोइङसमेत बनिसकेको थियो । युवाले उनको कमेडी भिडियो खोजीखोजी हेर्न थालिसकेका थिए । एक खाले युवाको जमातमाझ सेलेब्रिटी मानिरहँदा हिमेश कमेडी च्याम्पियनमा जाने कि नजाने दोधारमा परे । साथीहरूसँग सल्लाह पनि मागे । केहीले कमेडी च्याम्पियनमा जान सुझाव दिए केहीले नजान । दोधारकै बीच साथीको जोडबलमा उनले भिडियो पठाए । सेलेक्ट भए ।

तर भइदियो के भने उनीसँगै कमेडी गरिरहेका साथीहरूले पनि सोही रियालिटी शोमा भाग लिएका रहेछन् । त्यो उनलाई थाहा थिएन । क्षितिज केसी, सजन श्रेष्ठ र आदर्श मिश्र आएको उनले थाहा पाए ।

उनले आफ्नो टक्कर नयाँसँग भन्दा पुराना साथीहरू सजन, आदर्शसँग हुने अनुमान गरेका थिए । तर त्यसो भएन । उनीसँगै फाइनलमा सुमन कोइराला र खड्गबहादुर पुन पुगेका छन् ।

*****

मानिसहरूले हिमेशलाई छाडा बोल्छ भनेर केहीले आलोचना समेत गर्ने गरेका छन् । तर उनी यसलाई मान्दैनन् । उनी भन्छन्, 'कन्डमको जोक हान्नु छाडा हो जस्तो लाग्दैन । मैले बढी गरेको भनेको त्यही हो ।'

उनी कमेडी च्याम्पियनमा छाडा बोलेर दर्शक हँसाउनु हुँदैन भन्ने लाइनमै छन् । भन्छन्, 'कमेडी च्याम्पियनमा छाडा बोल्नुहुँदैन । त्यो म पनि मान्छु । किनकि यो फ्यामिली शो हो ।

तर कमेडी सर्कलका दर्शकका हकमा भने त्यस्तो नहुने उनी बताउँछन् । 'कमेडी सर्कलमा छाडा बोल्न हुँदैन भन्ने होइन । त्यसमै डिस्क्लिमर लेख्या हुन्छ । इयरफोन लगाउनुपर्ने हो कि के हो त्यो सब भनिएको हुन्छ । त्यसको अडियन्स नै त्यस्तै हुन्छ,' उनले थपे, 'हाम्रो भिडियो हेर्ने भनेको प्राय: यूथले हो । राम्रो भ्यूज आएको छ, राम्रो कमेन्ट आइरहेको छ भने त्यो मन पराएरै भएको हो ।'

'राजनीतिक विषयवस्तुमा बढी फिलिङ्स आउँछ'

कमेडी च्याम्पियनमा हिमेशको प्रस्तुति हेर्ने हो भने उनमा राजनीतिको राम्रो ज्ञान भएको देखिन्छ । त्यसैले उनी राजनीतिक कन्टेन्टमा राम्रो पञ्च हानेर दर्शक हँसाउन माहिर छन् । भन्छन्, 'स्कूल लेभलदेखिनै राजनीतिमा म धेरै चासो राख्थेँ । पोलिटिकल कन्टेन्ट मैले प्रिजेन्ट गर्दा खेरि इमोसनल्ली बढी अट्याच्ड हुन्छु । मलाई पोलिटिकल कन्टेन्टमा बढी फिलिङ्स आउँछ । त्यो कारणले गर्दा म राजनीतिक इस्युमा बढी हँसाउन सक्छु । राम्रो पञ्च हान्न सक्छु ।'

उनी जोक वा सटायर हान्दा शक्तिमा बसेको मान्छेको गरिने बताउँछन् । भन्छन्, 'पावरमा भएको व्यक्तिलाई जोक हान्दा बढी इफेक्टिभ हुन्छ । जसको नामै सुनिएको हुँदैन, त्यसलाई जोक हानियो भने हाम्रो केन्टेन्ट फ्लप जान्छ । तर पनि मैले ब्यालेन्स गर्नलाई पावरमा भएको व्यक्तिलाई मात्रै नभई अरूलाई पनि जोक हानिरहेको छु ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x