२२ जेठ २०८३, शुक्रबार

युद्धको १८ वर्षपछि अमेरिका र अफगानी तालिवानबीच शान्ति सम्झौता

फागुन १७, २०७६
युद्धको १८ वर्षपछि अमेरिका र अफगानी तालिवानबीच शान्ति सम्झौता
source : AFP

अमेरिका र अफगानिस्तानको तालिवान समूहबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको छ। 

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र तालिवानी समूहका नेताहरूबचि कतारको राजधानीमा शनिबार हस्ताक्षर भएको हो।
सम्झौतापछि अमेरिका र उसका सहयोगी राष्ट्रहरूद्वारा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) अन्तर्गत अफगानिस्तानमा कार्यरत सम्पूर्ण सैनिकलाई आगामी १४ महिनाभित्र अफगानिस्तानबाट फिर्ता लाने सहमति भएको अमेरिका र अफगानिस्ताद्वारा जारी गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख छ।

‘सम्झौतामा हस्ताक्षर भएपछि अफगानिस्तानमा तैनाद आठ हजार ६ सय सैनिकलाई आगामी १ सय ३५ दिनभित्रमा पहिलो चरणमा फिर्ता लगिनेछ भने अमेरिका र उसका सहयोगीले बाँकी सबै सैनिकलाई १४ महिनाभित्र फिर्ता गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ। 

सम्झौता अनुसार अफगानी विद्रोहीको प्रभाव क्षेत्रमा अलकायदा तथा अन्य अतिवादी इस्लामिक समूहका गतिविधि नियन्त्रणमा तालिवान समूहले सरकारलाई सहयोग गर्नेछ।

दोहा सम्झौताले विगत १८ वर्षदेखि अफगानिस्तानमा तैनाद भै लड्दै आएका हजारौँ अमेरिकी सेनालाई फिर्ता हुने वातावरण मिलेको छ। अफगानी तालिवान समूहले आगामी दिनमा हिंसा नगर्ने र अमेरिकी सेनाको सहयोग प्राप्त अफगान सरकारले पनि तालिवान समूहलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरी शान्तिका लागि काम गर्नेछ। 
 

salt training

कमेन्ट गर्नुहोस्