११ साउन २०८३, सोमबार

चट्याङसहित पानी पर्ने सम्भावना

फागुन १७, २०७६
चट्याङसहित पानी पर्ने सम्भावना

हिउँद सकिएसँगै अब हावाहुरी चल्ने र चट्याङ पर्ने क्रम सुरु हुने मौमसको सुरुवात हुने त क्रममा छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार विशेषगरी चैत-वैशाखमा हावाहुरी बढी चल्छ भने चट्याङसहित पानी पर्ने हुन्छ।

तर, हाल भने पहाडी क्षेत्रमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको औँल्याइएको छ।

मौसम पूर्वानुमान महाशाखाले २४ घन्टे बुलेटिन जारी गर्दै भनेको छ, ‘पश्चिमी भूभागका थोरै स्थानमा मेघ गर्जन,चट्याङसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउनुहुन अनुरोध छ।’

योसँगे उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ। 

मौसमविद् मञ्जु बासीका अनुसार अहिले पश्चिमी वायुको प्रभाव छ। फतल पश्चिमका धेरै तथा मध्य र पूर्वका थोरै पहाडी भेगमा चट्याङसहित पानी पर्ने सम्भावना छ।
 

salt training

कमेन्ट गर्नुहोस्