
भारतको राजधानी नयाँ दिल्लीको आनन्दविहार रेलवे स्टेसनमा उठबस गरे फ्रीमा टिकट पाइन्छ ।
यो योजना विशेष गरेर जनताको फिटनेसमा ध्यान दिन ल्याइएको हो ।
स्टेसनमा एक मेसिन लगाइएको छ, जहाँ यात्रुहरू गएर उठबस गर्छन् ।
यदि १ सय ८० सेकेण्डमा ३० पटक उठबस गर्न सक्ने हो भने प्लेटफार्मको टिकट सित्तैमा दिइन्छ ।
तर यो टिकटले यात्रा भने गर्न पाइँदैन । प्लेटफार्ममा जानका लागि लाग्ने १० रुपैयाँ भने वचत हुन सक्छ ।
उक्त मेसिनको नाक स्क्वाट किसोक हो । जसमा गएर उठबस गरेपछि फ्रीमा टिकट दिने गर्छ ।