०८ साउन २०८३, शुक्रबार

५ लाख घुससहित आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत अख्तियारको नियन्त्रणमा

साउन ७, २०८३
काठमाडौं
५ लाख घुससहित आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख रूपैयाँ घुस लिएको आरोपमा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज एमएस पाललाई नियन्त्रणमा लिएको छ ।

आयोगका अनुसार कर अधिकृत पालले आर्थिक वर्ष २०७८/०७९ को पूर्ण कर लेखापरीक्षणका लागि पेस गरिएका कागजात नमिलेको भन्दै सेवाग्राहीलाई दुःख हैरानी दिई घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।

आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले पाललाई सेवाग्राहीबाट ५ लाख रूपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकम र एक थान मोबाइलसहित बिहीबार आफ्नै कार्यकक्षबाट नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्