२९ जेठ २०८३, शुक्रबार

दिल्ली हिंसा : यसरी प्रहरीले गुमायो नियन्त्रण

फागुन १८, २०७६
दिल्ली हिंसा : यसरी प्रहरीले गुमायो नियन्त्रण

दिल्ली हिंसामा पर्याप्त प्रहरी बल नखटाइएका कारण दंगा भड्किएको आकलन गरिएको छ । 

प्रहरीले तत्कालै निर्णय नलिएका कारण जम्मा ३६ घन्टामा ४२ जनाको ज्यान गएको हो । 

फागुन १० गते राति १० बजेतिर यसको बीजारोपण गरियो । लगभग ६०० महिला जाफराबादका साँघुरो गल्ली हुँदै दिल्ली मेट्रो स्टेसनतर्फ गइरहेका थिए । त्यतिखेर प्रहरीले उनीहरूमाथि हस्तक्षेप गरेन । 

स्थानीयहरूका अनुसार, प्रहरीलाई ती महिलाले पहिलेदेखि नै विरोध गरिरहेको स्थानमा गएर विरोध गर्लान् भन्ने लागेको थियो तर उनीहरू मेट्रो स्टेसनमै विरोध गर्न थाले । 

त्यतिखेर एकदमै कम महिला प्रहरी बल उपस्थित थिए । उनीहरूले त्यति ठूलो भीडलाई नियन्त्रण गर्न सक्ने कुरै थिएन अनि प्रहरीले उनीहरूलाई तितरबितर बनाउन बलप्रयोग पनि गर्न सक्दैनथियो । 

हेर्दाहेर्दै महिलाहरूसँग ४०० पुरुषहरू पनि मिसिन आए । एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार, विरोध प्रदर्शनमा भाग लिनेहरू स्थानीय थिएनन् । आइतवार बिहानसम्म प्रदर्शनकारीहरूको संख्या बढेर तीन हजार पुग्यो । उनीहरूलाई बलप्रयोग गरेर रोक्न नसकिएपनि उनकै टेन्ट गाड्न वा स्टेज बनाउन रोकिदियो । 

आइतवार अपराह्नबाट परिस्थिति बिग्रन थाल्यो । हिन्दू समूहहरूले पनि सडक अवरुद्ध गर्ने निश्चय गरे । उनीहरूले कुनै एक समुदायलाई सडकमा प्रदर्शन गर्ने अनुमति छ भने आफूहरूलाई पनि अनुमति दिइनुपर्ने तर्क गरे । प्रहरी अधिकारीहरूले प्रदर्शनमा बसेका मानिसलाई सम्झाउने कोशिश गरेर पनि उनीहरूले टेरेनन् । हेर्दाहेर्दै दुई समूहले एकअर्कामाथि ढुंगा प्रहार गरे । रात साँझसम्ममा प्रहरीले स्थिति नियन्त्रणमा लियो । 

प्रहरीले यो प्रदर्शन पनि शाहीन बाग जस्तै शान्तिपूर्ण होला भन्ने लागेको थियो तर त्यसो भएन । फागुन १२ गते बिहान ९ बजेबाट दंगा शुरू भयो । शुरूमा ढुंगा हानाहान भएपछि तोडफोड र आगजनी गर्न थालियो । दुई समूहले एकअर्काविरुद्ध देशी बन्दूक चलाउन थाले । उनीहरूले प्रहरीमाथि पनि आक्रमण गरे । 

अनेकौं अफवाह फैलिन थालेपछि २० वटा स्थानीय क्षेत्रका गल्लीहरूमा धेरै मानिस जम्मा भए । अनि प्रहरीले अगाडि बढ्नै पाएन । 

एक प्रहरी अधिकारीलाई दंगाबाजहरूका विरुद्ध बढी प्रहरी बल पठाएर किन नियन्त्रण नगरेको भनी सोध्दा उनले उत्तरपूर्वी दिल्लीमा प्रत्येक वर्गकिलोमिटरमा ८० हजार मानिस बस्ने गरेको र देशको सबभन्दा घना बस्ती त्यही भएको बताए । जति प्रहरी पठाएपनि त्यहाँ नियन्त्रण निके चुनौतीपूर्ण भएको उनको भनाइ छ । प्रहरीले राम्ररी जिम्मेवारी निर्वाह नगरेको भए मर्नेहरूको संख्या अझै बढी हुने थियो, उनले भने ।
 

salt training

कमेन्ट गर्नुहोस्