२७ असार २०८३, शनिबार

अफिसमा दिनको आठ घन्टाभन्दा बढी काम गर्नु स्वास्थ्यका लागि हानिकारक

मंसिर १२, २०७७
अफिसमा दिनको आठ घन्टाभन्दा बढी काम गर्नु स्वास्थ्यका लागि हानिकारक

निजी क्षेत्रमा काम गर्ने प्रत्येक व्यक्तिलाई कामको दबाबको राम्रो ज्ञान हुन्छ । टाइमलाइनमा बाँधिएर काम गर्नु, डेडलाइनभित्र काम सक्नु र अधिकतम राम्रो परिणाम दिन कोशिश गर्नुले तनाव दिन्छ । तर त्यसभन्दा पनि महत्त्वपूर्ण कुरा त, दिनमा आठ घन्टाभन्दा बढी काम गर्दा बिरामी परिन्छ । 

मनोवैज्ञानिकहरूका अनुसार, लामो शिफ्टमा काम गर्नेहरूलाई केही समयपछि एक्लोपनको भाव आउन थालछ । संवादहीनता तथा परिवार र साथीभाइसँग समय बिताउन नपाउँदा उनीहरू एक्लो अनुभव गर्छन् । उनीहरू समाजमा टाढिन पुग्छन् । 

एक मानिसले दिनमा कति घन्टा काम गर्नुपर्छ भन्ने विषयमा एक संस्थाले गरेको अनुसन्धानमा आठ घन्टा अधिकतम समय भएको देखाएको छ । तर कर्पोरेट सेक्टरमा कर्मचारीहरू त्यसभन्दा निकै बढी काम गरिरहेका हुन्छन् । 

त्यसैले कर्मचारीहरूमा तनाव र अवसाद व्यापक देखिन थालेको छ । 

युवा कर्मचारीहरूको व्यवहारका तीव्रताका साथ बढिरहेको नकारात्मकताको ठूलो कारण भनेकै उनीहरूको शारीरिक र मानसिक थकान हो । उनीहरूसँग व्यायामका लागि समेत समय हुँदैन र कार्यालय समय सकिएपछि ऊर्जा पनि बच्दैन । 

अनि उनीहरू बिस्तारै आफैंमा मात्र सीमित हुन थाल्छन् । मनका कुरा र दिमागका पीडा कसैसँग शेयर गर्न नपाउँदा उनीहरूमा इरिटेसन बढ्न थाल्छ । त्यसले उनीहरूको तनावलाई थप बढाउँछ । 

विशेषगरी निजी क्षेत्रमा काम गर्ने युवाहरूमा करीयर ग्रोथ र आफूलाई साबित गर्ने अत्यधिक दबाब हुन्छ । उनीहरू चाहेर पनि आफ्ना सोखका लागि समय निकाल्न पाउँदैनन् । उनीहरूले आफूलाई सर्वोत्तम साबित गर्नका लागि पनि समयभन्दा बढी काम गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्