
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ ।
पूर्वअर्थमन्त्री एवं पुराना कम्युनिस्ट नेता स्वर्गीय भरतमोहन अधिकारीको प्रथम स्मृति दिवसका अवसरमा आइतवार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा जुम्लाका २२ वर्षीय रतन तिरुवाले प्रचण्डमाथि जुत्ता प्रहार गरेका हुन् ।
हाल प्रहरी नियन्त्रणमा रहेका तिरुवाले प्रचण्डले कार्यक्रममा गरेको भाषण चित्त नबुझेकाले जुत्ता प्रहार गरेको प्रारम्भिक बयानमा बताएका छन् ।
प्रचण्डले बर्ग संघर्षको भाषण गरेको चित्त नबुझेपछि आक्रमण गरेको भनेर उनले प्रारम्भिक बयान दिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता श्यामलाल ज्ञवालीले लोकान्तरलाई जानकारी दिए ।
तिरुवाले प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गरेका थिए, यद्यपि जुत्ता प्रचण्डसम्म पुग्न भने पाएन ।