२५ जेठ २०८३, सोमबार

नेकपाले भन्याे- 'प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन विप्लव समूहका हुन्'

फागुन १८, २०७६
नेकपाले भन्याे- 'प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन विप्लव समूहका हुन्'

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ताकेर जुत्ता प्रहार गर्ने व्यक्ति सरकारद्वारा प्रतिबन्धित विप्लव समूहका रहेको दाबी गरिएको छ।

कम्युनिस्ट नेता स्वर्गीय भरतमोहन अधिकारीको स्मृतिमा राष्ट्रिय सभा गृहमा आइतबार आयोजित सभामा सम्बोधन सकेर फर्किने क्रममा प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहारभएको थियो।

मञ्चभन्दा टाढाबाट हानिएको जुत्ता प्रचण्डसम्म पुग्न भने पाएन। जुत्ता प्रहार गर्ने जुम्ला घर भएका रतन तिरुवालाई प्रहरीले नियन्त्रणमा लिइएको छ।

सहिद परिवारका रहेका भनिएका ती व्यक्ति नेकपाका कार्यकर्ता रहेको चर्चा चले पनि नेकपा जुम्लाले खण्डन गरेको छ। नेकपा जुम्लाका अध्यक्ष वीरबहादुर कुँवरले विज्ञप्ति जारी गरेर  घटनाको भत्र्सना गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘रतन तिरुवा कुनै सहिद परिवार र हाम्रो (नेकपा) पार्टीको समर्थकसम्म नभएको उक्त व्यक्ति विप्लव समूहको गतिविधिमा रहेको जानकारी गराउँदछु।’

साथै, उनी प्रहरीको खोजीमा रहेको व्यक्ति रहेको समेत नेकपाले दाबी गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्