२४ असार २०८३, बुधबार

कोरोना सन्त्रास: ठूला सम्मेलन, भोजभतेर नगर्न सरकारको आह्वान

फागुन १८, २०७६
कोरोना सन्त्रास: ठूला सम्मेलन, भोजभतेर नगर्न सरकारको आह्वान
File Photo

कोरोना भाइरसका कारण विश्व नै आक्रान्त बनिरहेका बेला नेपाल सरकारले पनि सर्तकता र सचेतना अपनाउन आह्वान गरेको छ।

स्वास्थ्य, तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आइतबार पत्रकार सममेलन गरी कोरोनाको जोखिम बढेकाले  धेरै मानिस भेला हुने ठूला सभा, सम्मेलन र भोजभतेर लगायत कार्यक्रम नगर्न आग्रह गरेका हुन्।

‘कोरोनाको संक्रमण रोक्न पूर्वतयारी गरिरहेका छौँ,’उनले भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै खुला सीमानाबाट आउने र जाने प्रत्येक व्यक्तिको चेकचाँजमा कडाई गर्ने तयारी छ।’

विश्व स्वास्थ्य संगठनले हालै मात्र नेपाल पनि कोरोना भाइरसको उच्च जोखिममा रहेको चेतावनी दिएको थियो।

मन्त्री ढकालका अनुसार कोरोना भाइरसका कारण अफ्ठ्यारो अवस्था आइलागेमा अन्तर्राष्ट्रिय हवाइ उडान पनि रोकिनेछ। सरकारले नेपालमा सगरमाथा संवाद कार्यक्रम गर्दैछ। आवश्यक परे उक्त कार्यक्रम स्थगन हुनसक्ने उनले बताए।

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य जनशक्ति बढाउने छ।

चीनबाट ल्याइएका १ सय ७५ जनालाई घर पठाइसकिएको छ। तर, भक्तपुरस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्‍वारेन्टाइन यथावत रहने सरकारले जनाएको छ।
 

salt training

कमेन्ट गर्नुहोस्