०५ साउन २०८३, मंगलबार

विमानस्थलमा यात्रुको स्वास्थ्य जाँच प्रबन्धका लागि कार्यदल

फागुन १८, २०७६
विमानस्थलमा यात्रुको स्वास्थ्य जाँच प्रबन्धका लागि कार्यदल

सरकारले त्रिभुवन विमानस्थलमा यात्रुको स्वास्थ्य जाँचको प्रबन्ध तत्काल मिलाउ व्यवस्था गर्न कार्यदल गठन गरेको छ।

 नागरिक उडड्यन प्राधिकरण (क्यान) का निर्देशक देवचन्द्रलाल कर्णको संयोजकत्वमा कार्यदल गठन भएको हो। कार्यदलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा हेमन्त चन्द्र ओझा, विमानस्थल अध्यागमन कार्यालयका निर्देशक राजेश पन्थी, एयरलाइन्स अपरेटर कमिटीबाट शरद काफ्ले र सुरक्षा निकायका प्रतिनिधि रहेका छन्।

 पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा आइतबार कोरोना भाइरसको विश्वव्यापी प्रभाव तथा मन्त्रालय र अन्तर्गतका निकायहरुबाट गर्नुपर्ने रोकथाम एंव पूर्वतयारीका कार्य सम्बन्धमा बसेको बैठकले सो निर्णय गरेको हो। 
कार्यदलले स्वास्थ्य परीक्षणका लागि थप स्थान र उपकरण समेतको आवश्यकता पहिचान गरी तयारी गर्न निर्देशन दिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने यात्रुलाई स्वास्थ्य जाँचको डेस्क पार गरी जानुपर्ने प्रावधानसम्बन्धी सूचनामूलक जानकारी अनिवार्यरूपमा जहाज अवतरणको क्रममा र आगमन तथा प्रस्थान कक्षबाट निरन्तररूपमा प्रवाह गर्ने व्यवस्थाका लागि प्राधिकरणलाई निर्देशन दिइएको छ । 
 

कमेन्ट गर्नुहोस्