०७ असार २०८३, आइतबार

प्रधानमन्त्री ओलीलाई भान्जीको मिर्गाैला, प्रत्यारोपणअघि नातिनी र भान्जा पनि तयार

फागुन १९, २०७६
प्रधानमन्त्री ओलीलाई भान्जीको मिर्गाैला, प्रत्यारोपणअघि नातिनी र भान्जा पनि तयार
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी बुधबार दोस्रो पटक मिर्गाैला प्रत्यारोपण हुने भएको छ ।

त्यसका लागि उनी सोमवार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना हुँदैछन् ।

ओलीलाई उनकी भान्जीले मिर्गाैला दिने उपचारमा संलग्न एक चिकित्सकले बताए । प्रत्यारोपणअघि उनलाई कुनै समस्या आए मिर्गाैला दिन नातिनी र भान्जा पनि तयार छन् ।

दुवै मिर्गाैला फेल भएपछि २०६४ सालमा भारतको अपोलो अस्पतालमा ओलीको पहिलो पटक मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्नेछ । नियमित प्रत्यारोपण गर्ने शिक्षण अस्पतालकै अन्य ४ जना सर्जन पनि टोलीमा सहभागी हुनेछन् । 

ओलीको पहिलो पटकको मिर्गाैला प्रत्यारोपण गर्ने भारतीय डाक्टरलाई बोलाउने विषयमा समेत छलफल चलिरहेको छ तर सोमवार मात्रै त्यसको टुंगो लाग्ने स्रोतले जनाएको छ । 

प्रत्यारोपणको तयारीस्वरुप ग्रान्डी अस्पतालमा आइतवार प्रधानमन्त्री ओलीको कोलोनोस्कोपी गरिएको छ । प्रत्यारोपण  गर्नुपूर्व कोलोनोस्कोपी गरिन्छ । यसअघि उनको मुटुको अवस्था हेर्न मनमोहन कार्डियो सेन्टरमा एन्जियोग्राफी गरिएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्