२५ जेठ २०८३, सोमबार

अस्पताल जानुअघि मन्त्रीहरूलाई ओलीले दिएको त्यो सन्देश !

फागुन १९, २०७६
अस्पताल जानुअघि मन्त्रीहरूलाई ओलीले दिएको त्यो सन्देश !
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओली बुधवार दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गर्ने गरी सोमवार अस्पताल जाँदैछन् । त्यसअघि आइतवार ओलीले बालुवाटारमा मन्त्रिपरिषद् बैठक गरे ।

प्रधानमन्त्री ओलीले आफू छिट्टै स्वास्थ्यलाभ गरेर नियमित काममा फर्किने र एक हप्ताभित्रै अर्काे मन्त्रिपरिषद् बैठक बस्ने बताएका छन् ।

बैठकमा उनले मिर्गाैला प्रत्यारोपणका लागि आफू उच्च मनोबलका साथ तयार रहेको बताए ।

‘म छिट्टै स्वास्थ्यलाभ गरेर नियमित काममा फर्किन्छु, एक हप्ताभित्र अर्काे क्याबिनेट बैठक बस्नेछ,’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै एक मन्त्रीले भने, ‘आफन्तभित्रै बहिनीकी छोरी (भान्जी) को मिर्गाैला प्रत्यारोपण गर्दैछु, चिकित्सकहरूले सबै स्वास्थ्य परीक्षण गरेर प्रत्यारोपण सफल हुने जानकारी गराएका छन् । कहिलेकाहीँ डिजास्टर (विपत्ति) नै भयो भने त बेग्लै कुरा हो तर प्रत्यारोपण सफल हुनेमा पूर्ण विश्वस्त छु, उपचारका लागि शारीरिक मानसिकसहित सबै हिसाबले तयार भएको छु ।’

बैठकले प्रधानमन्त्रीको स्वास्थ्यलाभ कामनाको प्रस्ताव पारित गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्