०१ असार २०८३, सोमबार

प्रचण्डलाई जुत्ता हान्नेमाथि छानबिन गर्न ३ सदस्यीय समिति गठन

फागुन १९, २०७६
प्रचण्डलाई जुत्ता हान्नेमाथि छानबिन गर्न ३ सदस्यीय समिति गठन

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार गर्नेमाथि छानबिन गर्न प्रहरीले ३ सदस्यीय समिति गठन गरेको छ ।

प्रहरीको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुल थापाको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन भएको हो ।

समितिमा डीएसपी होबिन्द्र बोगटी सदस्य रहेका छन् । आइतवार पूर्व अर्थमन्त्री समेत रहेका कम्युनिस्ट नेता स्व. भरतमोहन अधिकारीको स्मृतिमा राष्ट्रिय सभागृहमा आयोजित सभामा सम्बोधन सकेर फर्किने क्रममा प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार भएको थियो ।

मञ्चभन्दा टाढाबाट हानिएको जुत्ता प्रचण्डसम्म पुग्न भने पाएन । जुत्ता प्रहार गर्ने व्यक्ति जुम्ला घर भएका रतन तिरुवालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्