
मिर्गौला पुनः प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओली भर्ना हुने भएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सोमवार अपराह्न अस्पताल परिसरमा सादा र औपचारिक पोशाकका सुरक्षाकर्मीहरू परिचालन गरिएको हो ।
प्रधानमन्त्री मिर्गौला पुनः प्रत्यारोपणका लागि सोमवार अस्पताल भर्ना हुने कार्यक्रम रहेको छ । बुधवार उनको शल्यक्रिया हुने बताइएको छ ।
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन डाक्टर प्रेमराज ज्ञवालीको टीमले गर्नेछ ।
