०५ साउन २०८३, मंगलबार

इन्धनमा लगाइएको पूर्वाधार करका सम्बन्धमा सरकारलाई सभामुखको रुलिङ

फागुन १९, २०७६
इन्धनमा लगाइएको पूर्वाधार करका सम्बन्धमा सरकारलाई सभामुखको रुलिङ

सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थमा गरिएको करवृद्धिबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

पेट्रोलियम पदार्थमा पूर्वाधार कर लगाएर सरकारले जनतालाई बोझ थपेको भन्दै समाजवादी पार्टीले लगातार २ दिनसम्म सरकारको जवाफ मागेपछि सभामुखले रुलिङ गरेका हुन् ।

सोमवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर बोल्दै समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले लगाएको दोहोरो करको मारमा जनता थिचिएको बताइन् ।

‘सरकारले संसारमा कतै नभएको दोहोरो कर इन्धनमा लगाएर जनतालाई भार थपेको छ । प्रदूषण कर लिएपनि विश्वको अत्यन्त दूषित शहरमा काठमाडौं पर्ने गरेको छ, करको सदुपयोग भएको छैन,’ गिरीले भनिन्, ‘जनतामाथि कर लगाउने अधिकार संसद्‍मा रहेको र संसद्को अधिकारलाई सरकारले ढाँटेका कारण सभामुखमार्फत सदनमा सरकारको जवाफ चाहन्छौं ।’
 

salt training

कमेन्ट गर्नुहोस्