
आगामी चैतमा काठमाडौंमा हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न न्यूजिल्याण्डका चर्चित क्रिकेटर कोरी एन्डर्सन नेपाल आउने भएका छन् ।
मुम्बइ इन्डियन्समा आवद्ध भएर आईपीएल समेत खेलिसकेका अलराउन्डर एन्डर्सन ईपीएल खेल्न नेपाल आउन लागेका हुन् ।
हार्डहिटरको छवि बनाएका एन्डर्सनलाई अनुबन्धन गरेको घोषणा ईपीएल टीम काठमाडौं किंग्स एक्सआईले सोमवार गरेको छ ।
यसअघि पोखरा राइनोजले वेस्टइन्डिजका हार्डहिटर क्रिश गेललाई अनुबन्धन गरिसकेको छ ।
विश्वचर्चित खेलाडीहरूको जमघटले यस वर्षको ईपीएल रोचक हुने भएको छ ।