२८ जेठ २०८३, बिहीबार
कोरोना रोकथाम गर्दै सरकार

नेपाल आउने पर्यटकले स्वास्थ्य प्रमाणपत्र देखाउनुपर्ने, इपीएस कोटामा कोरिया जान रोक

फागुन १९, २०७६
नेपाल आउने पर्यटकले स्वास्थ्य प्रमाणपत्र देखाउनुपर्ने, इपीएस कोटामा कोरिया जान रोक

विश्वव्यापी फैलिएको कोरोना भाइरसको प्रकोपका कारण सरकारले चैत २० देखि २२ गतेसम्म काठमाडौंमा आयोजन गर्न लागेको सगरमाथा संवाद कार्यक्रम स्थगित भएको घोषणा गरेको छ ।

सोमवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सगरमाथा संवाद तत्कालका लागि स्थगित भएको जानकारी गराएका हुन् ।

आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले सगरमाथा संवाद तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो । सरकारले पहिलो पटक जलवायु परिवर्तनवारे अन्तर्राष्ट्रियस्तरको सम्मेलन नेपालमा गर्न लागेको थियो ।

‘विश्व स्वास्थ्य संगठनले नेपाललाई हाई रिस्क जोनमा राखिसकेपछि हामी सतर्क भएका छौं,' मन्त्री ज्ञवालीले भने, 'हामीले सबै नेपालीलाई ट्राभल एड्भाईजरी जारी गरेका छौ । १० मार्च देखि नेपाल आउने पर्यटकले आफुलाई कोरोना नलागेको सर्टिफिकेट पेश गर्नुपर्नेछ ।

संक्रमित ठाउँबाट आउनेहरुले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था सरकारले गर्न लागेको मन्त्री ज्ञवालीले जानकारी दिए । सरकारले मास्क, सेनेटरिको बजार अनुगमन गर्ने र उत्पादन गर्ने उद्योगलाई उत्पादन बढाउन आग्रह गर्ने सरकारले निर्णय गरेको छ ।

सरकारले इपिएस प्राणालीबाट कोरिया जाने कार्यक्रम तत्कालका लागि स्थगन गर्न समेत कोरिया सरकारसँग आग्रह गरेको ज्ञवालीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्