
संयुक्त राज्य अमेरिकाले एचवानबी भिसाको नीतिगत परिवर्तनबारे नेपालमा प्रकाशित समाचार र सामाजिक सञ्जालमा भइरहेका चर्चा यथार्थ भन्दा बाहिर रहेको जनाएको छ ।
नेपालस्थित अमेरिकी दूतावासले सोमवार सामाजिक सञ्जाल ट्वीटरमा एक सन्देश लेख्दै रोजगारीमा आधारित भिसासम्बन्धी प्रक्रियाबारे अमेरिकी कानूनमा कुनै परिवर्तन नभएको स्पष्ट पारेको हो ।
'H1B भिसामा नीतिगत परिवर्तनबारे केही समाचार हाम्रो जानकारीमा आएका छन्, जुन धेरै अर्थमा भ्रामक छन्,' दूतावासले भनेको छ, 'EB होस् वा H1B, रोजगारीमा आधारित भिसा सम्बन्धित योग्यता वा भिसा जारी गर्ने प्रकृयाबारे अमेरिकी कानुनमा कुनै परिवर्तन भएको छैन ।'
दूतावासले सोधपुछका लागि https://uscis.gov हेर्नसमेत आग्रह गरेको छ ।
H1B भिसामा नीतिगत परिवर्तनबारे केही समाचार हाम्रो जानकारीमा आएका छन्, जुन धेरै अर्थमा भ्रामक छन्। EB होस् वा H1B, रोजगारीमा आधारित भिसा सम्बन्धित योग्यता वा भिसा जारी गर्ने प्रकृयाबारे अमेरिकी कानुनमा कुनै परिवर्तन भएको छैन। सबै सोधपुछका लागि https://t.co/VvgZB8DiYR हेर्नुहोस्। pic.twitter.com/fqdQf1cSh1
— U.S. Embassy Nepal (@USEmbassyNepal) March 2, 2020