
विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) ले नेपाल पनि कोरोना भाइरसको उच्च जोखिममा रहेको चेतावनी दिएपछि सरकारले सतर्कता अपनाएको छ।
आइतबार मात्र सरकारले ठूला सभा सम्मेलन तथा भोज नगर्न आह्वान गरेको थियो। त्यस्तै, आगामी चैतमा आयोजना हुने भनिएको सगरमाथा संवाद समेत स्थगित गरिएको छ।
यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा विदेशबाट फर्किनेहरुको मात्र शरीरको तापमान जाँच गरिने गरिएकोमा आइतबारबाट विदेश जानेको पनि शरीरको तापमान जाँच थालिएको छ।
र, विमानस्थल कार्यालयले सोमबार विज्ञप्ति जारी गरेर अत्यावश्यक कामबाहेक विमानस्थलमा उपस्थिन नहुन आह्वान गरेको छ।
त्यति मात्र होइन कोरोनाको जोखिम रहेको भन्दै आफन्तलाई स्वागत र बिदाइ गर्न विमानस्थलमा उपस्थित नहुन र उपस्थित हुनै परे मास्क लगाउन पनि आग्रह गरिएको छ।
