२२ जेठ २०८३, शुक्रबार

वाणिज्य संयन्त्रको बैठकका लागि वाणिज्य सचिव नेतृत्वको टोली बंगलादेश प्रस्थान

फागुन १९, २०७६
वाणिज्य संयन्त्रको बैठकका लागि वाणिज्य सचिव नेतृत्वको टोली बंगलादेश प्रस्थान

वाणिज्य सचिव बैकुण्ठ अर्याल नेतृत्वको ८ सदस्यीय टोली बंगलादेश प्रस्थान गरेको छ।

बंगलादेशको राजधानी ढाकामा मंगलबार र बुधबार आयोजना हुने नेपाल–बंगलादेश वाणिज्य सचिवस्तरीय संयन्त्रको पाँचौँ बैठकमा भाग लिन उनीहरु त्यसतर्फ प्रस्थान गरेका हुन्। 

बैठकमा नेपाल–बंगलादेश वाणिज्य, व्यापार, लगानीलगायत पारस्परिक व्यापार प्रवद्र्धनका सबै पक्षमा विमर्श हुनेछ।  

बैठकमा वाणिज्य मन्त्रालयका सहसचिव नवराज ढकाल, भन्सार विभाागका महानिर्देशक सुमन दाहाल, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागका महानिर्देशक मदिना जोशी, साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलगायत छन्। 

फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले सो बैठकका लागि वार्ता टोली गठन गरेको थियो। 

salt training

कमेन्ट गर्नुहोस्