२३ असार २०८३, मंगलबार

सभापति देउवाको गतिविधिविरुद्ध खनियो पौडेल पक्ष, चाक्सीबारीमा छुट्टै भेला

फागुन २१, २०७६
सभापति देउवाको गतिविधिविरुद्ध खनियो पौडेल पक्ष, चाक्सीबारीमा छुट्टै भेला

पार्टीको १४औं महाधिवेशनलाई प्रभावित गर्नेगरी सभापति शेरबहादुर देउवाले विभिन्न विभागमा नियुक्ति गरेको भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आपत्ति जनाएको छ । 

बुधवार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पौडेल पक्षका केन्द्रीय सदस्य तथा काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरूको भेलाले विभागमा पदाधिकारी नियुक्त गरेर देउवाले महाधिवेशन प्रभावित गर्न खोजेको निष्कर्ष निकालेको हो ।

‘१४औं महाधिवेशनको तिथि तोकिइसकेको अवस्थामा निर्वाचन आचारसंहिता लागू भइसकेकाले महाधिवेशनलाई प्रत्यक्ष र परोक्ष प्रभाव पार्ने काम गर्नुहुँदैन भन्ने भेलाको निष्कर्ष रह्यो,’ भेलापछि नेता सिंहले भने, ‘तोकिएको समयमै स्वस्थ प्रतिस्पर्धामार्फत महाधिवेशन सम्पन्न गर्नुपर्ने र महाधिवेशन प्रभावित गर्ने खालको कार्यक्रम बहिष्कार गर्ने निर्णय समेत भएको छ ।’

भेलाले क्रियाशील सदस्य वितरणलाई तीब्र बनाउन माग गरेको छ । 

भेलामा महामन्त्री डा. शशांक कोइराला, नेताहरू अर्जुननरसिंह केसी, मीनेन्द्र रिजाल लगायत पनि सहभागी थिए ।

कांग्रेसको महाधिवेशन आगामी फागुनमा गर्ने निर्णय यसअघि नै भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्