
निरन्तरको वृद्धिसँगै सुनको मूल्यले नयाँ उचाइ कायम गरेको छ । बुधवार छापावाल सुनको मूल्य एकैपटक २ हजार २ सय रुपैयाँले बढेर नयाँ कीर्तिमानी कायम गरेको हो ।
नेपाली बजारमा बुधवार छापावाल सुन प्रतितोला ८० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलवार प्रतितोला ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन एकैपटक २ हजार २ सय रुपैयाँले वृद्धि भएको हो ।
बुधवार तेजावी सुन प्रतितोला ८० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवार यस्तो सुन प्रतितोला ७८ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।
महासंघका अनुसार बुधवार चाँदीको मूल्य पनि वृद्धि भएको छ । मंगलवारको तुलनामा बुधवार चाँदीको मूल्यमा प्रतितोला २० रुपैयाँको वृद्धि भएको छ ।
मंगलवार ८ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी बुधवार भने ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ ।