०७ असार २०८३, आइतबार

कोरोनाविरुद्ध सतर्कता : जमुनाह नाकामा हेल्थ डेस्क सञ्चालन

फागुन २१, २०७६
कोरोनाविरुद्ध सतर्कता : जमुनाह नाकामा हेल्थ डेस्क सञ्चालन

बाँकेको नेपालगञ्ज जमुनाह नाकामा कोरोना भाइरस भए/नभएकोबारे स्वास्थ्य जाँच शुरू गरिएको छ ।

बाँकेको जमुनाह नाकानजिकैको ‘हेल्थ डेक्स’मा रहेका स्वास्थ्यकर्मीले कोरोना भाइरस भित्रिन नदिन सतर्कता अपनाइरहेका छन् ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाले भारतबाट स्थलमार्ग हुँदै नेपालगञ्ज आउने यात्रुलाई कोरोना भाइरस भए/नभएको पत्ता लगाउन स्वास्थ्य परीक्षण गर्न थालिएको स्वास्थ्यकर्मी धनप्रसाद न्यौपानेले बताए ।

इन्फारेड थर्मोमिटरले बिरामीमा ज्वरो कति छ भन्ने टाढैबाट थाहा पाउन सकिने भएकोले त्यसको प्रयोग गरी दुई स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गर्ने गरेका छन् ।

सयौं यात्रु आवतजावत गर्ने नेपालगञ्ज विमानस्थल राझा एअरपोर्टमा भने हेल्थ डेस्कको व्यवस्था नगरिएको नेपाल नागरिक उड्डयन कार्यालय प्रमुख प्रेमनाथ ठाकुरले बताए ।

कमेन्ट गर्नुहोस्