२३ जेठ २०८३, शनिबार

ड्राइभिङ टेस्ट पास गरेको १० मिनेटमा यी व्यक्तिले कारलाई नहरमा पसाए (भिडियो)

फागुन २१, २०७६
ड्राइभिङ टेस्ट पास गरेको १० मिनेटमा यी व्यक्तिले कारलाई नहरमा पसाए (भिडियो)

सवारीचालक अनुमतिपत्र अर्थात् लाइसेन्स पाउनका लागि ड्राइभिङ टेस्ट दिनुपर्ने हुन्छ र त्यसमा उत्तीर्ण हुनुुहुन्छ । 

यसरी टेस्ट पास गरेको १० मिनेटमा एक व्यक्तिले कारलाई नहरमा लगेर हालेका छन् । 

घटना चीनको गुइचो प्रान्तमा रहेको लाओपिङ पुलमा भएको हो । ड्राइभिङ टेस्ट पास गरेर पुलमाथि कार गुडाइरहेका व्यक्तिको ध्यान भड्कियो र उनले गाडीलाई नहरमा पसाए ।

खासमा झाङ नामक ती चालकले गाडी चलाउँदै गर्दा मोबाइलमा ड्राइभिङ टेस्ट पास गरेकोमा आएको बधाई सन्देश पढिरहेका थिए । त्यसक्रममा उनको ध्यान भड्कियो र उनले गाडीलाई नहरमा झारे । 

भिडियोमा झाङले पुलमा गाडी ल्याउँदा केही मानिस पुल तरिरहेको देखिन्छ । ध्यान भड्किएपछि उनी गाडीलाई देब्रेतिर मोड्छन् र नहरमा पसाउँछन् । तर झाङ आफैं कारबाट निस्कन सफल भएका थिए । 

कार केही बेर पानीमा तैरियो । झाङले कारको ढोका खोल्न नसकेपछि अर्कोतिरको ढोकामा लात हानेर खोले अनि बाहिर निस्किए । त्यसो नगरेको भए उनी कारबाट बाहिर निस्कन सक्दैनथिए । पछि स्थानीयहरूले उनलाई निस्कन सहायता गरे । उनीहरूले उनलाई सुक्खा कपडा पनि दिए । 

प्रहरीले कारलाई नहरबाट निकालेको छ । प्रहरी अधिकारीहरूले व्यक्तिमाथि कुनै जरिवाना लगाइएको छ कि छैन भनी जानकारी दिएका छैनन् ।
 

salt training

कमेन्ट गर्नुहोस्