
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी बढुवा भएको आरोप लागेका नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई)* उत्तम कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
सई कार्कीले भारतको मगध विश्वविद्यालय बोधगयाबाट बीकम उत्तीर्ण गरेको प्रमाणपत्र पेश गरी बढुवा नियुक्ति लिएका थिए ।
उनले पेश गरेको प्रमाणपत्र झूटा प्रमाणित भएपछि बुधवार विशेष अदालतमा राष्ट्रसेवक ओहोदामा बहाल रहने र सो हैसियतले लाभ वा सुविधा पाउने उद्देश्यले झूटा प्रमाणपत्र पेश गरेको आरोपमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) को कसूर देखिएको हुँदा निजलाई साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) एवं प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय मागदाबीसहित आरोपपत्र दायर गरेको छ ।
*प्रहरी नायब निरीक्षक (सई) हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ । – सम्पादक