०२ साउन २०८३, शनिबार

भारतले निर्यातमा रोक लगाएपछि संसारभर औषधिको आपूर्तिमा नकारात्मक प्रभाव !

फागुन २१, २०७६
भारतले निर्यातमा रोक लगाएपछि संसारभर औषधिको आपूर्तिमा नकारात्मक प्रभाव !
फाइल तस्वीर

नोबेल कोरोना (कोभिड१९)को संक्रमण त्रासका कारण छिमेकी देश भारतले नेपाल केही औषधिहरूको निर्यातमा रोक लगाएको छ । भारत संसारभर जेनेरिक औषधि निर्यात गर्ने सबैभन्दा ठूलो देश हो ।

अहिले भारतले २६ प्रकारका औषधिहरूको निर्यातमा रोक लगाएको छ । रोक लगाइएको औषधिहरूमा प्यारासिटामोल पनि एक हो । जुन नेपालमा समेत प्रयोग गरिँदै आएको थियो ।

'औषधि बनाउन प्रयोग हुने कच्चा पदार्थ सबैभन्दा धरै चीनबाट आउने गर्दथ्यो,' बीबीसी हिन्दि संस्करण लेख्छ, 'अहिलेको स्थितिमा चीनमा उत्पादन बन्द भएको अवस्था छ । भारतबाट पनि यी औषधिहरू निर्यातमा रोक लगाइएपछि संसारभर ती औषधिहरूको आपूर्तिमा प्रभाव पर्नेछ ।'

विश्लेषकहरूले चेतावनी दिएका छन् कि यदि कोरोना भाइरसको महामारी कायमै रह्यो भने औषधि कम्पनीहरूले जरुरी सामानहरूको कमीको सामना गर्नुपर्ने छ ।

चाइना मार्केट रिसर्च ग्रुपका विश्लेषक शाउन रिन भन्छन्, 'चीनमा नबन्ने औषधिहरूको कच्चा पदार्थ पनि चीनबाट नै निर्यात हुने गर्छ । यदि भारत र चीनमा कोरोनाको संक्रमण कायमै रह्यो भने संसारभर औषधिहरूको अभाव हुन सक्छ ।'

अक्सफोर्ड इकोनोमिक्सका वरिष्ठ अर्थशास्त्री स्टीफन फोरमेन भन्छन्, 'यसको संकेत पहिल्यैदेखि पाइएको थियो । औषधि बनाउन आवश्यक कच्चा पदार्थहरूको अभावमा औषधि उत्पादन नै नहुने परिस्थिति देखिएको छ र मूल्यवृद्धि पनि भइरहेको छ ।'

salt training

कमेन्ट गर्नुहोस्