०४ साउन २०८३, सोमबार

कपिलवस्तुमा ६ वटा गाडीमा अज्ञात समूहद्धारा आगजनी

फागुन २२, २०७६
कपिलवस्तुमा ६ वटा गाडीमा अज्ञात समूहद्धारा आगजनी

कपिलवस्तुमा बुधवार राति अज्ञात समूहले ६ वटा गाडीमा आगजनी गरेको छ ।

 जिल्लाको विजयनगर गाउँपालिका—२ लोहरैला भन्ने स्थानमा ५ वटा गाडी र शिवराज नगरपालिका वडा नम्बर ९ मा एउटा गाडीमा आगजनी भएको छ । विजयनगरमा २ वटा जेसिभी, एउटा स्काभेटर र २ वटा जीपमा आगजनी भएको छ  ।

त्यस्तै शिवराज नगरपालिका—९ मा स्काभेटरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका डिएसपी सुुनील मल्लले जानकारी दिए ।  

लोहोरौलामा हुलाकी मार्ग निर्माण गर्ने जिम्मा लिएको शर्मा एण्ड शर्मा कम्पनीका २ जेसिभी, २ स्काभेटर र २ स्कारपियोमा आगजनी भएको बताइएको छ ।

हुलाकी मार्ग निर्माणमा प्रयोग गरिएका निर्माण साधन र सोही कम्पनीले प्रयोग गरेका साधनमा आगजनी भएको हो । आगो कस्ले किन लगाएको भन्ने अनुसन्धान भइरहेको  मल्लले बताए । अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय गणेशपुर र खडैचा प्रहरी चौकीका प्रहरी पुगेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्