
बलिउड अभिनेत्री विद्या बालनले आफ्नो नयाँ प्रोजेक्ट शुरू गरेकी छन्। सोसल मिडियामा केही तस्बिर सेयर गर्दै विद्याले फिल्म ‘शेरनी’ को काम शुरू भएको घोषणा गरेकी छन्। विश्व वन्यजन्तु दिवसको अवसर पारेर विद्याले फिल्मको छायांकन शुरू गरेकी हुन्।
विद्याले सुटिङ सेटबाट केही तस्बिर सेयर गरेकी छन् जहाँ मुहूर्त सटभन्दा पहिले पूजा गरिएको थियो। जंगलबीचको लोकेसनको तस्बिर पनि विद्याले आफ्नो सोसल मिडिया अकाउन्टमा सेयर गरेकी छन्। उनले तस्बिरको क्याप्सन लेखेकी छन्, ‘सबैको आशीर्वादको आवश्यकता छ। विश्व वन्यजन्तु दिवस पारेर शेरनीको सुटिङ शुरू गरिएको छ। हामीले जंगलको बीचमा एक प्राचीन मन्दिरमा फिल्मको मुहूर्त गरेका छौं।’
यो फिल्ममा मानिस र जनावरबीच हुने टकराव देखाइनेछ। फिल्मको कथा अवनि नामक सिंह र उसको हत्याको वरिपरि घुम्नेछ। फिल्मको निर्देशन अमित मसुरकरले गर्दैछन्। विद्या फिल्म शेरनीका साथै शकुन्तला देवीको बायोपिकमा पनि काम गरिरहेकी छन्। शकुन्तला देवी एक गणितज्ञ थिइन्। उनको परिचय मानव कम्प्युटरको रूपमा थियो। अन्नपूर्ण पोस्टमा खबर छ ।