०९ साउन २०८३, शनिबार

प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे पछिल्लो अपडेट : कस्तो छ अवस्था ?

फागुन २२, २०७६
प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे पछिल्लो अपडेट : कस्तो छ अवस्था ?

मिर्गाैला प्रत्यारोपणको दोस्रो दिन बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको छ ।  

प्रधानमन्त्री ओलीले तरल चीजहरू खान थालेको र अन्य सूचकहरू राम्रो रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा बुधबार उनको दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

हाल उनलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचारकक्षमा राखी उपचारलाई निरन्तरता दिइएको छ । उनको पछिल्लो स्वास्थ्यस्थतिबारे अस्पतालले हरेक दिन ४ बजे औपचारिक जानकारी दिनेछ ।

प्रधानमन्त्री ओली मिर्गाैला प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्