२२ जेठ २०८३, शुक्रबार

आईएटा डाइभर्सिटी एण्ड इन्क्लुजन अवार्डको मनोनयन खुला

फागुन २२, २०७६
आईएटा डाइभर्सिटी एण्ड इन्क्लुजन अवार्डको मनोनयन खुला

अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटा) ले आईएटा डाइभर्सिटी एण्ड इन्क्लुजन अवार्डको दोस्रो संस्करणका लागि मनोनयन खुलेको जानकारी दिएको छ ।

अवार्डले हवाई उद्योगका सर्वोत्कृष्ट व्यक्तित्वलाई उनीहरूको योगदानको सम्मान गर्दछ । मनोनयन निम्न ३ श्रेणीका लागि खुला गरिएको छ –

इन्स्पिरेसनल रोल मोडल

यो सम्मान उद्योगमा संलग्न वरिष्ठ पदमा रहेका उत्कृष्ट महिला कर्मचारीलाई प्रदान गरिनेछ जसले विविधता एवं समावेशीकरणको एजेन्डालाई साथ दिँदै हवाई क्षेत्रमा आफ्नो ठूलो योगदान पुर्‍याउनुभएको छ । हवाई उद्योगको सम्पूर्ण महिला सहभागिका लागि खुला रहने छ । (आईएटाका सदस्य एवं गैरसदस्य) 

हाई फ्लायर

उड्डयन क्षेत्रका उत्कृष्ट व्यक्तित्वलाई प्रदान गरिने यस सम्मान जसले आफ्नो नेतृत्व शैलीले विविधता एवं समावेशीकरणको पक्षमा ठोस कार्य गर्दै उद्योगमा सकारात्मक प्रभाव पारेका छन् । उड्डयन उद्योगका सम्पूर्ण कर्मचारीका लागि खुला रहने छ । (आईएटाका सदस्य एवं गैरसदस्य) 

डाइभर्सिटी एण्ड इन्क्लुजन टीम अवार्ड

उत्कृष्ट एयरलाइनलाई प्रदान गरिने यस सम्मान जसले विविधता एवं समावेशीकरणमा गरेको कार्यले परिवर्तन अनुभव गरेको छ । आईएटाका सम्पूर्ण सदस्य एयरलाइनका लागि खुला रहने छ । 

मनोनयन ३ मार्चदेखि ३० अप्रिल २०२० सम्म खुल्ला रहने छ । आईएटा डाइभर्सिटी एण्ड इन्क्लुजन अवार्ड २०१९ विजेता सम्मिलित स्वतन्त्र प्यानलको निर्णय अनुसार अवार्ड प्रदान गरिने छ । २०२० को अवार्ड २१–२३ जुन २०२० नेदरल्याण्ड्सको एम्स्टर्ड्याममा हुने आईएटाको ७६ औं वार्षिक साधारणसभा एवं विश्व हवाई यातायात सम्मेलनमा प्रदान गरिने छ । 

salt training

कमेन्ट गर्नुहोस्