२७ जेठ २०८३, बुधबार

दार्चुलामा कोरोना भेटिएको हल्लापछि अस्पताले निकाल्यो विज्ञप्ति, त्रसित नहुन अनुरोध

फागुन २२, २०७६
दार्चुलामा कोरोना भेटिएको हल्लापछि अस्पताले निकाल्यो विज्ञप्ति, त्रसित नहुन अनुरोध
प्रतिकात्मक तस्वीर

भारतीय सीमासँग जोडिएको सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाका एक युवकमा कोरोना भाइरसको संक्रमण देखिएको भनेर भइरहेको प्रचार गलत भएको अस्पतालले जनाएको छ । 

जिल्ला अस्पताल दार्चुलाले बिहीवार विज्ञप्ति जारी गर्दै दार्चुलामा कसैमा पनि कोरोनाको संक्रमण नभेटिएको स्पष्ट पारेको छ ।

कोरोना भेटिएको भनी प्रचार गरिएका २० वर्षीय युवकलाई जिल्ला अस्पताल दार्चुलामा चेकजाँच गर्दा ज्वरो र पिसाबमा संक्रमण भएको पाइएकोले सामान्य उपचारपछि अस्पतालको सम्पर्कमा रहँदै घर फर्किएका विज्ञप्तिमा जनाइएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजन वाडेले विज्ञप्ति जारी गर्दै आम दार्चुलावासीलाई त्रसित नहुन अनुरोध गर्दै पूर्व सावधानी अपनाउन अनुरोध गरेका छन् ।

यस्तो छ अस्पतालको विज्ञप्ति –

salt training

कमेन्ट गर्नुहोस्