२८ असार २०८३, आइतबार

कोरोना सन्त्रास : इजरायलका प्रधानमन्त्री नेतान्याहुले गरे हस्तमिलनको साटो नमस्कारको आह्वान

फागुन २२, २०७६
कोरोना सन्त्रास : इजरायलका प्रधानमन्त्री नेतान्याहुले गरे हस्तमिलनको साटो नमस्कारको आह्वान

संसारभरि कोरोनाभाइरसका कारण तीन हजारजना भन्दा बढीको ज्यान गएको अवस्थामा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अभिवादनमा हात मिलाउनुको साटो नमस्कार गर्न आफ्ना देशवासीलाई अनुरोध गरेका छन्। 

नेतान्याहुले बुधवार भने, ‘म अहिले कसैसँग हात मिलाइरहेको छैन, तपाईं पनि त्यसै गर्नुस् । तपाईं नमस्ते गर्ने भारतीय तरिका अपनाउनुस् वा शालोम वा अन्य कुनै शब्द भन्नुस् । अरू कुनै तरिका खोज्नुस्, हात नमिलाउनुस् ।’

हातबाट कोरोना फैलिने डर भएकाले आजकल हस्तमिलनलाई संसारभरि निरुत्साहित गर्न थालिएको छ । बारम्बार हात धुन र ह्यान्ड स्यानिटाइजर उपयोग गर्न भनिएको छ । 

इजरायलले कोरोनाभाइरसका कारण बुधवार इटली, फ्रान्स, जर्मनी, स्पेन, अस्ट्रिया र स्विट्जरल्यान्डबाट आउने मानिसहरूलाई दुई हप्ता निगरानीमा राख्न आदेश दिएका छन् । अन्य देशको तुलनामा आफूहरूले भाइरस फैलिन नदिन कडा कदम उठाइरहेको नेतान्याहुको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्