१२ साउन २०८३, मंगलबार

क्रिकेट लेजेन्ड जोन्टी रोड्सले नुहाए गंगामा, आध्यात्मिक लाभ पाएको दाबी

फागुन २२, २०७६
क्रिकेट लेजेन्ड जोन्टी रोड्सले नुहाए गंगामा, आध्यात्मिक लाभ पाएको दाबी

क्रिकेटका सर्वश्रेष्ठ फील्डर मानिने दक्षिण कोरियाली खेलाडी जोन्टी रोड्स बुधवार भारतको ऋषिकेश पुगेका छन् । त्यहाँ उनले गंगा नदीमा डुबुल्की समेत लगाएका छन् । 

डुबुल्की मारेको फोटो उनले ट्विटरमा पोस्ट गरे । अनि क्याप्सनमा लेखे, ‘पवित्र गंगाको चिसो पानीमा डुबुल्की लगाउँदा शारीरिक र आध्यात्मिक दुवै फाइदा हुन्छ ।’

उनले आफ्नो तस्वीरसँगै तीनवटा ह्याशट्याग शब्द पनि उपयोग गरेका छन् । मोक्ष, ऋषिकेश र इन्टरनेसनल योग फेस्टिवल शब्दको उनले ह्याशट्याग बनाएका हुन् । 

तस्वीरमा उनी गंगाको पानीमा छातीसम्म डुबेर उभिएको अनि दुवै हात जोडेको देखिन्छ । 

रोड्स आजकल आईपीएलको १३औं संस्करणका लागि भारतमा छन् । उनी किंग्स इलेभन पंजाबका फील्डिङ कोच हुन् । उनको कार्यकालमा मुम्बई इन्डियन्सले तीनपटक आईपीएल जितेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्