२२ जेठ २०८३, शुक्रबार

यी विद्यार्थीको मुखबाट निकालियो अहिलेसम्मकै सबभन्दा लामो दाँत

फागुन २२, २०७६
यी विद्यार्थीको मुखबाट निकालियो अहिलेसम्मकै सबभन्दा लामो दाँत

भारतको मध्य प्रदेशस्थित खरगोनमा इन्जिनीयरिङ पढिरहेका एक विद्यार्थीको मुखबाट चिकित्सकले ३९ मिलिमिटर लामो दाँत निकालेका छन् । दाँत निकाल्ने चिकित्सकले यो संसारको सबभन्दा लामो मानव दाँत भएको बताएका छन् । 

खरगोनका दन्तचिकित्सक डा सौरभ श्रीवास्तवले दाँतको लम्बाइलाई गिनि बूक अफ वर्ल्ड रेकर्ड्समा दर्ता गराउने बताए । 

गिनिजमा अहिलेसम्म दर्ता भएको सबभन्दा लामो दाँत ३७.३ मिलिमिटर हो । जर्मनीका डेन्टिस्ट म्याक्स लुक्सले उक्त दाँत निकालेका थिए । 

शनिवार डा सौरभ श्रीवास्तवलाई २० वर्षीय विद्यार्थी पवन भावसारले दाँत देखाउन आए । ठूलो दाँतका कारण उनको अनुहार भद्दा देखिएको थियो । 

डा श्रीवास्तवले त्यो दाँत निकाले र अब गिनिज बूकमा लैजाने भएका छन् । 

उनका अनुसार, सामान्य दाँतको लम्बाइ २८ मिलिमिटर हुन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्