१२ असार २०८३, शुक्रबार

क्रिश्चियन महासंघका सचिवमाथि ललितपुरमा गोली प्रहार

कात्तिक २०, २०७४
क्रिश्चियन महासंघका सचिवमाथि ललितपुरमा गोली प्रहार
काठमाडौं, ६ वैशाख - क्रिश्चियन महासंघका कार्यालय सचिव सन्तोष खड्का माथि गोली प्रहार भएको छ । सोमबार साँझ कार्यालयबाट घर फर्कने क्रममा उनी माथि गोली प्रकार भएको महानगरीय प्रहरी वृत्त सातदोबाटोले बताएको छ ।
सोमबार साँझ लगनखेल र सिडिओ कार्याबीचको भित्री सडकमा मोटरसाइकलमा घर फर्कंदै गरेका उनीमाथि गोली प्रहार भएको हो । उपचारको लागि उनी पाटन पुगेपछि प्रहरीले यसबारेमा जानकारी पाएको हो ।

उपचारको क्रममा उनको शरीरमा गोलीको खोकानै भेटिएको हो । यसबारे खड्काले प्रहरीलाई खबर गरेका थिएनन् । प्रहरीका अनुसार उनको शरीरबाट गोली निकालिएको छ भने घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनलाई मोटरसाइकल चलाइरहेको बेलामा पछाडीबाट गोली हानिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्