०२ असार २०८३, मंगलबार

भोकाएका बाँदरले कारको शीशाभित्र रहेको बिस्कुटको प्याकेट पाउन गरे संघर्ष (भिडियो)

फागुन २२, २०७६
भोकाएका बाँदरले कारको शीशाभित्र रहेको बिस्कुटको प्याकेट पाउन गरे संघर्ष (भिडियो)

भारतको आन्ध्र प्रदेशमा भोकाएका दुई बाँदरले कारको ड्याशबोर्डमा रहेको बिस्कुटका प्याकेटहरू लिनका लागि संघर्ष गरेको दृश्य भिडियोमा कैद भएको छ । 

भोकाएका बाँदरलाई खानेकुरा देखेपछि खान मन लागेको थियो तर शीशाले गर्दा अप्ठ्यारो परेको थियो । 

उनीहरूले प्याकेट लिनका लागि हरदम कोशिश गरिरहेका थिए अनि एकजनाले आफ्नो मुख विन्डस्क्रीनमा टाँसेको थियो । 

त्यसपछि बाँदरहरूको जोडीले एकअर्कालाई पिट्ने र धक्का दिने काम गर्छन् अनि बिस्कुट समात्न फेरि कोशिश गर्छन् । 

घटनाको भिडियो खिचिरहेका व्यक्तितिर एक बाँदरले आक्रामक तरिकाले घुरेर हेरेको अनि फेरि मारी गोल्ड बिस्कुटतिर ध्यान दिएको देखिन्छ । 

पछि कार चालकले बाँदरहरूलाई बिस्कुट दिएका थिए । उनीहरूले विन्डस्क्रीन नै उखेल्न खोजेपछि बिस्कुट दिइएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्