
चितवनमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ ।
बिहीवार दिउँसो १ः४५ बजे नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलोमा काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ना३०प ९५६९ नम्बरको मोटरसाइकल सोही स्थानमा रोकिराखेको ना७ख ४९५१ नम्बरको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालक नवलपुर कावासोती–९ बस्ने वर्ष ३८ को नरबहादुर थापाको मृत्यु भएको हो ।
उनको उपचारको क्रममा बिहीवार २ः२५ बजे नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकलमा ३ जना सवार थिए । दुर्घटनामा २ जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकलमा सवार मृतकका छोरा ५ वर्षका विवश थापा र सोही स्थानका २७ वर्षका अमृत बोहोरा रहेका छन् ।
उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।