१३ असार २०८३, शनिबार

यी अंगमा पटक-पटक नछुनुस्, हुनसक्छ संक्रमण

फागुन २२, २०७६
यी अंगमा पटक-पटक नछुनुस्, हुनसक्छ संक्रमण

सन् २०१९ मा चीनबाट फैलिएको भनिएको कोराना भाइरसविरुद्धको भ्याक्सिन त प्रयोगमा आइसकेको छैन। तर, विश्वमा वैज्ञानिकहरु भ्याक्सिन र औषधिको खोजमा लागेका छन्। 

कोरोनाबाट बच्न भीडभाड भएको ठाउँमा नजान, मास्कको प्रयोग गर्न, हात नमिलाउन र हातमुख सफा पानीले धुन सुझाइने गरिएको छ। किनकी यो सरुवा रोग हो। हातले शरीरका विभिन्न अंगमा छुँदा पनि सरुवा रोग सर्ने सम्भावना रहन्छ।

कानमा कहिल्यै पनि औँला वा अरू वस्तुले पटक–पटक घोच्नुहुँदैन। मेडिसिन आफ युएससीको हेड एन्ट नेक सर्जरीका प्रमुख प्रोफेसर नोन के निपार्कोलेभ नेकाले भनेका छन्, ‘कानमा औँला या कुनै चिजले खोतल्दा झिल्ली फाट्ने सम्भावना अत्यधिक हुन्छ ।’

छाला रोग विशेषज्ञ अदनान नसिरले भनेका छन् कि तपाईंले अनुहार सफा गर्दा वा क्रिम लगाउँदाबाहेक आफ्नो पञ्जालाई अनुहारबाट टाढा राख्नुस्। किनभने, हातलाई जस्तोसुकै ठाउँमा पनि राख्न सकिन्छ, त्यसैले हातमा रोगका जीवाणु सर्छन्। त्यस्तो हातले पटक–पटक अनुहार छुँदा बिरामी हुने र थकान बढ्ने समस्या हुन सक्छ ।

पुछ्ने र धुने समयबाहेक नितम्बमा कहिल्यै पनि हात राख्नुहुँदैन। हार्वरब्यु मेडिकल सेन्टरको आफ्टर केयर मेडिकल डाइरेकटर एमडी जेयर्ड डब्लू क्लेनले भनेका छन्, ‘नितम्बमा पटक–पटक छुँदा खराब व्याक्टेरियाका कारण समस्या सिर्जना हुन्छ। यदि नितम्बलाई छुन आवश्यक परेमा पहिले राम्रोसँग हात धुन जरुरी छ।

salt training

कमेन्ट गर्नुहोस्